पित्त थैलीको ढुंगा (Gallbladder Stone) को कारण, लक्षण, र उपचारको विस्तृत जानकारी
पित्त पथरी के हो?
पित्त पथरी (पित्ताशयको पत्थर वा गलब्लाडर स्टोन्स) भनेको पित्ताशय (गल ब्लाडर) भित्र बन्ने कडा थोपाहरू हुन्। पित्ताशय भनेको हाम्रो कलेजोमुनि हुने एक सानो अंग हो जसले पित्त रस (बाइल) जम्मा गर्छ। पित्त रसले खाना पचाउन मद्दत गर्छ, विशेषगरी बोसोयुक्त खानाहरू।
पथरीहरू विभिन्न आकार र संख्यामा हुन सक्छन् - केही मानिसहरूमा एउटा ठूलो पत्थर हुन सक्छ भने अरूमा धेरै साना पत्थरहरू हुन सक्छन्।
पित्त पथरीका प्रकारहरू
पित्त पथरीका मुख्य तीन प्रकारहरू छन्:
- कोलेस्ट्रोल पथरी: नेपालीहरूमा सबैभन्दा बढी देखिने प्रकार। यी पहेंलो रंगका हुन्छन् र मुख्यतया कोलेस्ट्रोलबाट बनेका हुन्छन्।
- पिगमेन्ट पथरी: यी गाढा रंगका हुन्छन् र बिलिरुबिन नामक पदार्थबाट बन्छन्। रक्त कोषिकाहरू भत्किंदा उत्पन्न हुने पदार्थ हो बिलिरुबिन।
- मिश्रित पथरी: यसमा कोलेस्ट्रोल र पिगमेन्ट दुवै मिसिएका हुन्छन्।
पित्त पथरीका कारणहरू
पित्त पथरी किन बन्छ भन्ने कुरा पूर्ण रूपमा बुझिएको छैन, तर निम्न जोखिम कारकहरू छन्:
- आहार: उच्च कोलेस्ट्रोल र बोसोयुक्त आहार, कम फाइबर
- महिला हुनु: महिलाहरूमा पुरुषहरूभन्दा दोब्बर बढी जोखिम हुन्छ
- उमेर: ४० वर्षभन्दा माथिका व्यक्तिहरू
- मोटोपना: शरीरको तौल बढी हुनु
- आनुवंशिकता: परिवारमा पित्त पथरीको इतिहास
- तीव्र वजन घटाउनु: छोटो समयमा धेरै वजन घटाउँदा
- गर्भावस्था: गर्भवती महिलाहरूमा
- मधुमेह: रगतमा चिनीको मात्रा बढी हुनु
- लिभर रोगहरू: विभिन्न प्रकारका कलेजो सम्बन्धी समस्याहरू
- रक्त विकार: विशेष गरी हेमोलाइटिक एनिमिया
के तपाईंलाई थाहा थियो?
नेपालका हिमाली र पहाडी क्षेत्रमा तराईको तुलनामा पित्त पथरीका केसहरू बढी देखिन्छन्। यसको कारण खानपान, जीवनशैली र जलवायुसँग सम्बन्धित हुन सक्छ।
पित्त पथरीका लक्षणहरू
धेरै व्यक्तिहरूमा पित्त पथरी भए पनि कुनै लक्षण देखिँदैन। यस्तो अवस्थालाई "साइलेन्ट स्टोन्स" भनिन्छ। तर जब जटिल्ता बढ्दैजान्छ लक्षणहरू देखा पर्छन्, तिनीहरूमा निम्न हुन सक्छन्:
- बोसोयुक्त खाना खाएपछि असजिलो महसुस हुनु
- पेटको दायाँपट्टि दुख्ने (विशेष गरी बोसोयुक्त खाना खाँदा)
- बान्ता वा वाकवाकी
- पेट फुल्ने वा ग्यासको समस्या
- जन्डिस (कहिलेकाहीं)
- भोक नलाग्ने र अपच
गम्भीर अवस्थामा देखिने लक्षणहरू
यदि Gallstone पित्तनलीमा अड्किन्छ भने गम्भीर समस्या आउन सक्छ:
- तेज दुखाइ
- उच्च ज्वरो
- जन्डिस (छाला र आँखाको सेतो भाग पहेंलो हुनु)
- बान्ता र कमजोरी
- पेटमा कडापन वा चिउँडो मुनी दुखाइ
कसरी पत्ता लगाउने? (जाँच विधिहरू)
- अल्ट्रासाउन्ड (Ultrasound): सबैभन्दा सामान्य र सस्तो तरिका
- CT Scan वा MRI: जटिल केसहरूमा प्रयोग गरिन्छ
- LFT (Liver Function Test): पित्तनलीमा अड्केको अवस्था पत्ता लगाउन
- MRCP: पित्तनलीको स्थिति हेर्न प्रयोग गरिने विशेष इमेजिङ
उपचारको उपायहरू
Gallbladder Stone को स्थायी समाधान भनेको Gallbladder नै शल्यक्रिया (surgery) गरेर निकाल्नु हो।
१. ल्यापारोस्कोपिक शल्यक्रिया (Laparoscopic Cholecystectomy)
यो सबैभन्दा सुरक्षित, कम पीडा हुने र छिटो निको हुने शल्यक्रिया हो। यो पद्धतिमा ३-४ वटा साना प्वाल बनाएर क्यामेरा र उपकरण प्रयोग गरिन्छ। धेरैजसो केसमा बिरामी २४ घण्टा भित्र डिस्चार्ज हुन्छ।
२. खुला शल्यक्रिया (Open Cholecystectomy)
यदि Gallbladder मा संक्रमण, कडा चिप्लावट वा क्यान्सरको आशंका छ भने खुला शल्यक्रिया गर्न सकिन्छ।
३. औषधी उपचार
बिरामिको अबस्था नजुक भएर शल्यक्रिया गर्न सक्ने सबस्था नभएको अबस्थामा कहिलेकाहीं औषधिबाट उपचार गरिन्छ, तर यो स्थायी समाधान होइन। यसले वर्षौं लाग्न सक्छ र ढुंगा फेरी पनि बन्न सक्छ।
ग्यालब्लाडर स्टोन: उपचार नगर्दा के हुन सक्छ?
ग्यालब्लाडर स्टोन वा पित्तथैलीमा हुने ढुंगा एउटा सामान्य तर कहिलेकाहीं गम्भीर रोग हो। यदि समयमै उपचार गरिएन भने, यसले धेरै स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
१. एक्यूट चोलेसिस्टाइटिस
पित्तथैलीमा अचानक सुजन आउन सक्छ, जसले पेटको दायाँ माथिल्लो भागमा तीव्र दुखाइ, ज्वरो, वाकवाकी जस्ता लक्षण देखाउँछ।
२. पित्त नलीको अवरोध
स्टोनले पित्त नली थुनेर जन्डिस (पिला आँखा र छाला), दुखाइ र संक्रमण ल्याउन सक्छ।
३. प्यान्क्रियाटाइटिस
स्टोन अग्न्याशयमा अवरोध हुँदा गम्भीर प्यान्क्रियाटाइटिस हुन सक्छ, जुन ज्यानको लागि खतरनाक हुन सक्छ।
४. पित्तथैली फुट्नु
लामो समयसम्मको संक्रमण र सुजनले पित्तथैली फुट्ने खतरा रहन्छ, जसले पेटभित्र संक्रमण (पेरिटोनाइटिस) निम्त्याउँछ।
५. क्रोनिक चोलेसिस्टाइटिस
पटक–पटक समस्या दोहोरिँदा पित्तथैली स्थायी रूपमा बिग्रन सक्छ।
६. ग्यालब्लाडर क्यान्सर
दुर्लभ भए पनि, दीर्घकालीन स्टोनको कारण क्यान्सरको सम्भावना पनि हुन्छ।
चेतावनी
यदि तपाईंलाई निम्न लक्षणहरू देखिए तत्काल चिकित्सकको सल्लाह लिनुहोस्:
- पेटको तीव्र दुखाइ जुन २ घण्टाभन्दा बढी रहन्छ
- पहेंलो छाला वा आँखा (जन्डिस)
- उच्च ज्वरो र कम्पन
निष्कर्ष:
यदि तपाईंमा ग्यालब्लाडर स्टोन छ भने, विशेषगरी लक्षणहरू देखा परेका छन् भने, ढिला नगरी सर्जनसँग परामर्श गर्नुहोस्। हालको प्रविधिमा ल्यापारोस्कोपिक सर्जरी मार्फत स्टोनसहित पित्तथैली सजिलै हटाउन सकिन्छ।
पित्त थैलीको ढुंगा नेपालमा धेरै मानिसहरूलाई प्रभावित गर्ने एक सामान्य स्वास्थ्य समस्या हो।
यस लेखमा हामी पित्त पथरीको कारण, लक्षण, जटिलताहरू र उपचार विकल्पहरूको बारेमा विस्तृत जानकारी प्रदान गर्दछौं।
याद गर्नुहोस्: यो लेख सामान्य जानकारीको लागि मात्र हो। तपाईंको व्यक्तिगत स्वास्थ्य अवस्था अनुसार डाक्टरको सल्लाह पालना गर्नुहोस्।
डा. सुरेन्द्र शाहसँग परामर्श बुक गर्नुहोस्
के तपाईंलाई पित्तथैलिको पत्थरिको समस्या छ?
पित्तथैलिको पत्थरिको समस्याको विशेषज्ञ राय र उपचारको लागि डा. सुरेन्द्र शाहसँग परामर्श गर्नुहोस्।
Thanks for reading this section!