पित्तथैलीको पत्थरी: बच्ने उपाय, खानपान र अपरेशनपछि जीवनशैली कस्तो हुने?


नेपालमा धेरै मानिसहरू पित्तथैलीमा पत्थरी (Gallbladder Stone) हुने समस्याबाट प्रभावित छन्। समयमै ध्यान नदिए गम्भीर स्वास्थ्य समस्या हुन सक्छ। यस ब्लगमा हामी पित्तथैलीको पत्थरीबाट बच्ने उपाय, उपयुक्त खानपान, र अपरेशनपछि जीवनशैली कस्तो राख्ने भन्नेबारे विस्तृत जानकारी दिनेछौं।

पित्तथैलीको पत्थरी के हो?

पित्तथैली हाम्रो जिगरको नजिक रहेको एउटा सानो अंग हो जसले पित्त रस संचित गर्छ। जब पित्तमा कोलेस्ट्रोल, बिलिरुबिन वा अन्य तत्वहरू असन्तुलित हुन्छन्, तब पत्थरी बन्न सक्छ।

पित्त पथरीबाट बच्ने उपायहरू

पित्त पथरी रोकथामका लागि निम्न उपायहरू अपनाउन सकिन्छ:

  • सन्तुलित आहार:
    • प्रशस्त मात्रामा फलफूल र सागसब्जी खानुहोस्
    • फाइबरयुक्त खानेकुराहरू (जस्तै: साबुत अन्न, सिमी, दाल) खानुहोस्
    • बोसोयुक्त खानाहरू कम गर्नुहोस्
  • स्वस्थ तौल कायम गर्नुहोस्: तर एकै पटक धेरै वजन नघटाउनुहोस्
  • नियमित शारीरिक व्यायाम: हप्तामा कम्तिमा ३० मिनेट, हप्ताको ५ दिन
  • पर्याप्त पानी पिउनुहोस्: दैनिक ८-१० गिलास
  • अल्कोहल सेवन सीमित गर्नुहोस्
  • समयमै खानुहोस्: लामो समय भोकै नबस्नुहोस्
  • अत्यधिक तारेको वा चिल्लो खाना कम गर्नुहोस्।
  • वजन छिटो घटाउने प्रयास नगर्नुहोस् – यसले पत्थरी बन्ने जोखिम बढाउँछ।

पित्तथैलीमा पत्थरी भए के गर्ने?

साना पत्थरीहरू कहिलेकाहीं बिना लक्षण रहन सक्छन्। तर यदि पेट दुख्ने, वाकवाकी लाग्ने, वा पित्त नलीमा समस्या भए, चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ। मुख्य उपचार विकल्प भनेको ल्यापारोस्कोपिक चोलेसिस्टेक्टोमी हो – जसमा पित्तथैली शल्यक्रियामार्फत हटाइन्छ।

डॉ. सुरेन्द्र शाह – अनुभवी ग्यास्ट्रोइंटेस्टाइनल तथा ल्याप्रोस्कोपिक सर्जन​ संग अपोइन्टमेन्टका लागि आजै सम्पर्क गर्नुहोस्। Book Your Appointment

पित्तथैली निकालेपछि जीवनशैली कस्तो हुने?

पित्ताशय निकालेपछि धेरै मानिसहरू सामान्य जीवन बिताउन सक्छन्।

पित्तथैली निकालेपछि शरीरले पित्त सिधै आन्द्रामा पठाउँछ। शुरुवातमा केही पाचनसम्बन्धी परिवर्तन हुन सक्छ, तर अधिकांश बिरामी सामान्य जीवनमा फर्कन सक्ने अवस्था हुन्छ।

अपरेशनपछि खानपानमा ध्यान दिने कुरा:

  • चिल्लो तथा मसलेदार खाना टाढा राख्नुहोस्।
  • सानो मात्रामा र बारम्बार खाना खाने बानी बसाल्नुहोस्।
  • पानी प्रशस्त पिउनुहोस्
  • पर्याप्त फाइबरयुक्त खाना खानुहोस्।
  • प्रोबायोटिक (curd/yogurt) प्रयोग गर्नु लाभदायक हुन्छ।
  • शारीरिक गतिविधि बढाउनुहोस्

नियमित स्वास्थ्य जाँच आवश्यक

अपरेशनपछि पनि आफ्नो स्वास्थ्यको नियमित निगरानी गर्नुपर्छ। चिकित्सकको सल्लाह अनुसार खानपान र औषधिको पालना गर्नुपर्छ। कुनै असामान्य लक्षण देखिएमा तुरुन्त सम्पर्क गर्नुहोस्।

पित्तथैलीमा पत्थरी भ​एका बिरामीहरूले अपनाउनुपर्ने आहार

खान हुने खानेकुराहरू:

  • साबुत अन्नहरू: चामल, गहुँ, जौ, मकै
  • तरकारीहरू: सबै प्रकारका हरिया सागपात, काउली, बन्दा, गाजर
  • फलफूलहरू: सुन्तला, स्याउ, नास्पाती, अनार
  • दूधजन्य पदार्थ: कम बोसोयुक्त दूध, दही
  • दालहरू: मुसुरो, रहर, मास, चना
  • प्रोटिन: कम बोसोयुक्त मासु, माछा
  • तेल: जैतुन तेल, तोरीको तेल (थोरै मात्रामा)

नखानु पर्ने खानेकुराहरू:

  • तारेको र बोसोयुक्त खानाहरू: समोसा, पकौडा, चिप्स
  • मसालेदार खानाहरू: अत्यधिक मरिच भएका
  • बोसोयुक्त मासु: रेड मिट, छाला सहितको कुखुरा
  • चकलेट, केक, पेस्ट्री
  • कोल्ड ड्रिंक्स र अल्कोहल
  • प्रशोधित खानाहरू: बिस्कुट, नुडल्स
  • मैदाबाट बनेका खानेकुराहरू

यो परिमार्जनले जोखिम मात्र कम गर्छ, पित्ताशयको पत्थरी रोगको जटिलताहरूलाई रोक्दैन। त्यसकारण, तपाईंले आफ्नो शल्यचिकित्सकसँग परामर्श गर्नुपर्छ र शल्यचिकित्सकको सल्लाह अनुसार पित्ताशयको शल्यक्रिया (ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमी) बाट हटाउने योजना बनाउनुपर्छ।

निष्कर्ष:

यदि तपाईंमा ग्यालब्लाडर स्टोन छ भने, विशेषगरी लक्षणहरू देखा परेका छन् भने, ढिला नगरी सर्जनसँग परामर्श गर्नुहोस्। हालको प्रविधिमा ल्यापारोस्कोपिक सर्जरी मार्फत स्टोनसहित पित्तथैली सजिलै हटाउन सकिन्छ।

याद गर्नुहोस्: यो लेख सामान्य जानकारीको लागि मात्र हो। तपाईंको व्यक्तिगत स्वास्थ्य अवस्था अनुसार डाक्टरको सल्लाह पालना गर्नुहोस्।

डा. सुरेन्द्र शाहसँग परामर्श बुक गर्नुहोस्

के तपाईंलाई पित्तथैलिको पत्थरिको समस्या छ?
पित्तथैलिको पत्थरिको समस्याको विशेषज्ञ राय र उपचारको लागि डा. सुरेन्द्र शाहसँग परामर्श गर्नुहोस्।

अपोइन्टमेन्ट बुक गर्नुहोस्

Thanks for reading this section!

↑ Go to Top